आज कति पुग्यो सुनचाँदीको मुल्य ?
प्रकाशित:
३१ असार २०८३
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४३२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares