अन्नपूर्ण केबलकारमा यात्रा गर्दा प्रभु बैंकका कर्मचारी र ग्राहकले छुट पाउने

अर्थकागज
प्रकाशित: २२ जेठ २०८१
Image description

काठमाडौं। पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रालि र प्रभु बैंकबीच केबलकार सेवामा ग्राहक एवं कर्मचारीलाई विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौतामा अन्नपूर्ण केबलकारका मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकका म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंक कर्मचारीले केबलकार टिकटमा २५ प्रतिशत र ग्राहक तथा क्रेडिट, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, लमजुङ हिमाललगायत हिमशृंखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाको दृश्यका साथै सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।

बैंकले हाल ३०२ शाखा, २८५ एटीएम, ७० बढी एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर