सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संचालक र उप समितिको बैठक भत्ता ३२ प्रतिशतले बढाउँदै
प्रकाशित:
१३ फागुन २०८१
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड संचालक समितिको र उप समितिको संयोजकका सदस्यहरुको बैठक भत्ता बढाउने भएको छ । कम्पनीले ३१ औं बार्षिक साधारणसभामा बैठक भत्ता बढाउने तीन महले प्रस्ताव लैजाँदैछ । कम्पनीको ३१ औं बार्षिक साधारणसभा फागुन १५ गते अर्थात शुक्रबार लिसारा रिसेप्सन, भगवती बहाल नक्साल, काठमाडौंमा हुँदैछ । संचालक समितिको अध्यक्षले हाल प्रति बैठक १७ हजारबाट २५ हजार रुपैयाँ बढाउने प्रस्ताव अघि सारेको छ । कमपनीले अध्यक्षको बैठक भत्तामा ३१ प्रतिशतले बढेको हो । त्यसै गरी संचाल समितिका सदस्य र उप समितिको संयोजकको प्रति बैठक १५ हजारबाट २२ हजार रुपैयाँ प्रस्ताव कम्पनीले सभामा लैजाने भएको छ । यो भनेको सदस्यहरुको बैठक भत्तामा ३१.८१ प्रतिशतको बृद्धि रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares