फर्स्ट माइक्रोफाइनान्सको ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

प्रकाशित:
१३ पुस २०८१

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजा अर्यालले प्रस्तुत गरेको सञ्चालक समितिको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरेको छ ।
सभाले आर्थिक वर्ष (आव) २०८०/०८१ को मुनाफावाट शेयरधनीहरूलाई संस्थाको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares