विश्वदृष्टि दिवसका अवसरमा फत्तेवाल आँखा अस्पतालद्धारा ९२७ बिद्यार्थीको निःशुल्क उपचार
प्रकाशित:
१९ असोज २०८१
काठमाडौ । नेपाल नेत्रज्योति संघ, फत्तेवाल आँखा अस्पतालले विश्वदृष्टि दिवसका अवसरमा ९ सय २७ जना बिद्यार्थीहरुको निःशुल्क आँखा परिक्षण गरेको छ ।
अस्पतालका अफ्थाल्मिक अफिसर छन्दु चौधरीका अनुसार बर्दिया जिल्लाका ४ बिद्यालयहरुमा आँखा परिक्षणसहित निःशुल्क औषधी तथा चश्मा समेत वितरण गरिएको हो ।
बर्दियाको सिद्धार्थ आधारभुत बिद्यालयका १९० जना, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय लक्ष्मणपुरका १८२ जना, कर्णाली बोर्डिङ स्कुलका ३२२ जना र जनजागृति प्राथमिक विद्यालयका ९१ जना र नेपाल राष्ट्रिय आधारभुत बिद्यालयका १४२ जनागरी ९२७ जनाको आँखा परिक्षण गरिएको थियो ।
परिक्षणमा दृष्टिदोषको समस्या देखिएका २९ जना बिद्यार्थिहरुलाई निःशुल्क चस्मा वितरण गरिएको छ भने ७५ जनालाई औषधी समेत वितरण गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares