वडाध्यक्षहरुसँग हुरण्डेकको अन्तरक्रिया

माधव पोखरेल
प्रकाशित: २३ जेठ २०८१
Image description

उदयपुर । उदयपुरको गाईघाटमा केन्द्रीय कायाृल्य रहेको मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरन्डेक)ले बुधबार गाईघाटमा त्रियुगा नगरपालिकाका वडाध्यक्षहरुसँग एकिकृत ग्रामिण विकास कार्यक्रम अन्तर्गतको पालिका स्तरीय सरोकारवाला निकायहरुसगको अन्तर क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

वल्र्ड नेवर्सको आर्थिक तथा प्राविधिक सहयोग, त्रियुगा नगरपालिकाको सहकार्यामा र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरन्डेकको समन्वयमा भएको थियो । सो कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले एकिकृत विकास कार्यक्रम ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले त्रियुगा नगरपालिकाले यो कार्यक्रम सबै वडाहरुमा टोल विकास संस्था मार्फत संचालन गर्न आफू तयार रहेकेो बताए ।

मेयर बस्नेतले आफूले गाउँतिर जाँदा बारीमा र घर वरपरका करेसा बारी हरियो तरकारी लगाएको देखेको र नगरपालिकाले कृषि क्षेत्रमा लगानी गरेकोले किसानहरुलाई प्रत्यक्ष सहयोग पुग्ने गरी सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

सो कार्यक्रममा उप मेयर महेश्वरी राईले आर्थिक वर्ष २०८१। ०८२ को नगरपालिकाको वजेट तथा नीति कार्यक्रममा समावेश गरेर यो कार्यक्रम संचालनकालागि आवश्यक छलफल समेत गर्ने बताइन ।

उक्त कार्यक्रममा वल्र्ड नेवर्सकी निर्देशक सिर्जना कार्कीले कृषि क्षेत्र बहुआयामिक क्षेत्र भएकोले गाउँ घरका सामान्य किसान वा विपन्न गरिब परिवारले गर्न सक्ने गरी समुदायमा आधारित रहेर वल्र्ड नेवर्सले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि लक्षित वर्गको दैनिकी फेरिनुका साथै आय आर्जनमा समेत सहयोग पुगेको बताइन ।

त्रियुगा नगरपालिका वडा नं १५का वडाध्यक्ष गणेश प्रसाद तिम्सिनाले किसानहरुले उत्पादन गरेको कृषि उपजकालागि बजार र ढुवानीको समस्या भएकोले उत्पादन गरेर मात्र हुँदैन उत्पादन भएको बस्तुले बजार नपाएसम्म आयआर्जनमा सहयोग पुग्न नसक्ने भएकोले बजारको व्यवस्था र उत्पादित बस्तु बजारसम्म लैजान ढुवानीको साधन श्रोतको व्यवसथापन गर्नु पर्ने सुझाव दिएका थिए ।

यो कार्यक्रमको समुहमा आवद्ध भएर तरकारी खेती गर्न थालेपछि त्रियुगा नपा १५ का कृषक रुद्र बहादुर राई र टीकादेवी मगरले आफूहरुको दैनिक जीवन यापनमा र आय आर्जनमा राम्रो सुधार् भएको बताए ।

 कार्यक्रममा हुरन्डेकका संस्थापक अध्यक्ष तथा बेलका नगरपालिकाका पूर्व मेयर दुर्गा कुमार थापाले समाजमा आर्थिक सामाजिक शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउनकालागि पालिकाको वडा वडामा यो कार्यक्रम संचालन गर्न नगरपालिकाका मेयर उपमेयर तथा वडाध्यक्षहरुलाई अनुरोध गरेपछि उपस्थित सबैले यो कार्यक्रम लागु गर्न सहमती जनाएका थिए ।

कार्यक्रम संचालनका लागि हुरण्डेकका अध्यक्ष शंकर बहादुर थापाले सहजिकरण गर्नुका साथै कार्यक्रम आयोजना गर्नुको कराणका बारेमा सहभागिहरुलाई आवश्यक जानकारी दिएका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर