पेशागत बीमा अभिकर्ता संघ र बीमक हिमालयनको आयोजनामा स्कुल ब्याग वितरण
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, बीमक हिमालयन लाईफ ईन्स्योरेन्स बागमति प्रदेशको आयोजनामा श्री कृष्ण आधारभूत विद्यालयलाई स्कुल ब्याग वितरण गरिएको छ ।
पेशागत बीमा अभिकर्ता संघ, बागमती प्रदेशका अध्यक्ष चिरन्जीवी गजुरेल र हिमालयन लाईफ ईन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर÷एम डि आर टी रबीन्द्र तिमल्सिना र सृष्टी बस्नेतको संयोजकत्वमा ललितपुरको गोदावरी–२ बिष्टछाप रहेको श्री कृष्ण आधारभुत बिद्यालयलाई ५० थन स्कुल ब्याग वितरण गरिएको हो । आज भव्य रुपले सम्पन्न झोला ब्याग वितरण कार्यक्रममा हिमालयन लाईफ ईन्स्योरेन्सका ललितपुरका शाखा प्रमुख सचिन के. सी, वडा अध्यक्ष, स्कुलका शिक्षक शिक्षिका बिद्यार्थि भाईबहिनीहरू समेतको उपस्थिति रहेको थियो । पेशागत बीमा अभिकर्ता संघले बीमा क्षेत्रमा अब्बलरुपमा बीमितको समस्यालाई बुलन्द रुपमा उठाउँदै आइरहेको छ । बीमितहरुको हकहितको लागि काम गर्दै आईरहेको यस पेशागत बीमा अभिकर्ता संघले बीमितहरुको अभिभावकको भूमिका निवार्ह गर्दै आईरहेको छ ।
Shares