कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

अर्थकागज
प्रकाशित: १५ पुस २०८१
Image description

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव राखेर वार्षिक साधारणसभासमेत बोलाएको छ । सभा माघ १० गते कम्पनीको कार्यालय गल्कोपाखा काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।





प्रतिक्रियाहरू

सम्बन्धित खबर