चिरख्वा हाइड्रोपावरको विद्युत उत्पादन सुरु
प्रकाशित:
१६ वैशाख २०८१
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले ४.७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गरेको छ ।
कम्पनीले षडानन्द नगरपालिका, भोजपुरमा निर्माण गरेको ४.७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको कमिसनिङ टीमले परिक्षण सम्पन्न गरेको थियो । परिक्षण सम्पन्न गरी ३३ के.भी प्रसारण लाइन मार्फत परिक्षण प्रसारणका लागि बैशाख १३ गतेदेखि संखुवासभा जिल्ला तुम्लिङटार सवस्टेशनमा जोडिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares