हिमालय उर्जाको विद्युतको ईपिएस १५.३९ रुपैयाँ ऋणात्मक, नेटवर्थ ६६ रुपैयाँ

अर्थकागज
प्रकाशित: २८ साउन २०८१
Image description

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

असार मसान्तसम्ममा परियोजनाले बिद्युत बिक्रिबाट २७ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०७ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी २७ करोड ५६ हजार रुपैयाँ थियो।

विद्युत विक्रि आम्दानी बढेसंगै कम्पनीको नोक्सानी घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १५ करोड ३५ लाख रुपैयाँबाट घटेर १४ करोड ९१ लाख रुपैयाँमा झरेको छ।

९९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३३ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ ६० पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर