माउन्टेन ईनर्जीको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुँदै

अर्थकागज
प्रकाशित: १३ चैत २०८०
Image description

माउन्टेन ईनर्जी नेपाल लिमिटेडको १० औँ वार्षिक साधारण सभा आज चैत्र १३ गते, मंगलबार, अर्मपाली ब्याङ्क्वेट एण्ड क्याटरिङ काठमाडौँमा बिहान १०ः३० बजेदेखि शुरु हुँदैछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ भने चालु आर्थिक बर्षका लागि लेखापरिक्षक नियुक्तिको प्रस्ताव समेत पारित हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन ३० गते एक दिनका लागि बुकक्लोज गरेको थियो त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर