सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन कम्पनीको कति लाभांश ?
काठमाडौं । विभिन्न ७ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । तलका यि ७ कम्पनीले आज बुक क्लोजको लागि मिति तोकेकाले आजसम्मका सेयरधनीले मात्र लाभांश पाउनुका साथै बार्षिक साधारणसभा भाग लिन पाउनेछन् ।
मितेरी डेभलपमेन्ट बैंक
यस बैंकले ले पुस २७ गते, शनिबार, सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजेबाट शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था
यस संस्थाले पुस २९ गते, सोमबार होटल माला इन, घोराही १५, दाङमा छैठौँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
महालक्ष्मी विकास बैंक
यस बैंकले पुस २९ गते, सोमबार, एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा विहान १० बजे बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
जीवन विकास लघुवित्त वित्तीय संस्था
यस संस्थाले पुस २८ गते केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । सभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
चिलिमे हाइड्रोपावर कम्पनी
यस हाइड्रोपावरले कम्पनीले नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ । सभाले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था
यस संस्थाले पुस २९ गते सोमबार, होटल सामना प्रा.लि. को सभाहल, मकवानपुर, हेटौडामा २३ औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Shares