महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर बिक्रिमा, सबैले आवेदन दिन पाइने
प्रकाशित:
१६ असार २०८१
महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्रि गर्ने भएको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक योग्य आवेदकले आउन ८ गतेसम्ममा बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थाका विभिन्न सेयरनधीहरुको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता सेयर बिक्रिका लागि संस्थाले योग्य लगानीकर्ताहरुबाट बोलपत्र आह्वान गरेको हो ।
संस्थाले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकेको छ, इच्छुक आवेदकले न्यूनतम मूल्य वा सो भन्दा बढि मूल्य राखी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले संस्थाको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङं मार्फत आवेदन दिन सक्नेछन् ।
शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares