सोमबार बिहान भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै


काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ भोली अर्थात सोमबार बिहीबान बाँडफाँड हुने भएको छ । क्यापिटलले बुधबार प्रिअलटमेन्ट सम्पन्न गरिसकेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार बिहान ९.३० बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ ।
कम्पनीले भदौ ५ गतेदेखि भदौ ८ गतेसम आईपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्रीमा ल्याएको थियो ।
कम्पनीले पुँजीको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।
यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिनेछ ।
Shares