सामुदायिक लघुवित्तद्धारा प्रगती समिक्षा र वार्षिक नीति कार्यक्रम र बजेट योजना तर्जुमा गोष्ठि सम्पन्न

अर्थकागज
प्रकाशित: २४ वैशाख २०८२
Image description

काठमाण्डौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को प्रगती समिक्षा र आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट योजना तर्जुमा गोष्ठि मिति २०८२ बैशाख २३ गते देखि २५ गते सम्म नगरकोट स्थित रत्नागिरी रिर्सोटमा सम्पन्न गरेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा संस्थाको १० क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख र ४६ वटा शाखा कार्यालयको शाखा प्रमुखको उपस्थितीमा मिति २०८२ बैशाख २३ गते देखि २५ गते सम्म नगरकोट स्थित रत्नागिरी रिर्सोटमा सञ्चालित गोष्ठिमा आर्थिक वर्ष २०८०/०८१ को प्रगती समिक्षा र आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट योजना तर्जुमा गर्ने काम गरीएको थियो ।

कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयको सामान्य सेवा विभागीय प्रमुख मिलन महर्जन र लघुउद्यम विकास अधिकृत विरबल नेपालीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिलीप कुमार पोखरेलले गर्नु भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को प्रगती समिक्षा गर्ने सम्बन्धमा शाखाहरुको आ–आफ्नो शाखाको तेस्रो त्रैमास सम्ममा भएको प्रगती विवरण पेश गर्ने र लक्ष्य पुरा नभएको शाखाले के कति कारणले लक्ष्य पुरा हुन नसकेको सो को समीक्षा गरीएको थियो भने समीक्षाको सम्न्धमा केन्द्रीय कार्यालयको नायब प्रमुख कार्यकारी अधिकृत बेलु माया मगर, कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख डिल्लीराम भट्टराई, वित्त तथा योजना विभाग प्रमुख सुमन महर्जन, सञ्चालन तथा तालिम विभाग प्रमुख सुमन दनुवार, अनुगमन विभाग प्रमुख कृष्ण प्रसाद ढुंगाना, कर्जा असुली विभाग प्रमुख ललित कुमार रावल र कर्जा असुली विभागको कर्मचारी नारायण अधिकारीले सो कुरालाई आवश्यक सहजीकरण तथा प्रशिक्षण गर्ने काम गर्नु भएको थियो ।

वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत दिलीप कुमार पोखरेल र नायब प्रमुख कार्यकारी अधिकृत बेलु माया मगरले तेस्रो त्रैमाम सम्ममा लक्ष्य अनुसार प्रगती गर्ने क्षेत्रीय कार्यालय र शाखा कार्यालयलाई धन्यवाद दिने र चौथो त्रैमाससम्मा बाँकी रहेको लक्ष्य पुरा हुने गरी काम गर्नको लागि क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुलाई प्रोत्साहन गर्ने र शुभकामना दिने काम गर्नु भएको थियो । साथै शाखाको लक्ष्य पुरा गर्न शाखामा त्भबm क्उचष्त (टिम स्प्रिट) बनाउन आवश्यक रहेको कुरा अवगत गराउदै शाखाको टिमलाई बजमुत बनाउने काम गर्न शाखा प्रमुखलाई मार्गदर्शन गर्ने काम गर्नु भयो ।

३ दिनको समिक्षा तथा योजना तर्जूमा कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत, कर्जा तथा जोखिम व्यवस्थापन विभाग, वित्त तथा योजना विभाग, सञ्चालन तथा तालिम विभाग, अनुगमन विभाग र कर्जा असुली विभागले आ–आफ्नो विभाग मातहत रहेर विभागीय प्रमुखले प्रशिक्षण गर्ने काम गर्नु भएको थियो ।

नायब प्रमुख कार्यकारी अधिकृत वेलु माया मगरले वास्तविकतामा रहेर काम गर्नको लागि वर्तमान परिपेक्षमा कसरी काम गर्न सकिन्छ भने प्रशिक्षण गर्ने काम गर्नु भएको थियो । कर्जा तथा जोखिम व्यवस्थापन विभागीय प्रमुख डिल्लीराम भट्टराईले कर्जा जोखिम तथा वित्तीय संस्थामा हुने अन्य विभिन्न जोखिमको सम्बन्धमा प्रशिक्षण गर्ने काम गर्नु भएको थियो । वित्त तथा योजना विभागीय प्रमुख सुमन महर्जनले बजेट बनाउँदा ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा र बजेट बनाँउदा खर्चमा कसरी मितव्ययित अपनाएर काम गर्नु पर्छ भनेर प्रशिक्षण गर्ने काम गर्नु भएको थियो । सञ्चालन तथा तालिम विभागीय प्रमुख सुमन दनुवारले कार्यक्रमको गुणबद्धता कायम गर्न कर्मचारीले कसरी भुमिका निर्वाह गर्न सकिन्छ भनेर प्रशिक्षण गर्ने काम गर्नु भएको थियो । अनुगमन विभागीय प्रमुख कृष्ण प्रसाद ढुंगानाले क्षेत्रीय प्रमुखले शाखाको सञ्चालन तथा कार्यक्रम विस्तारको सम्बन्धमा लक्ष्य अनुसार काम गर्नको लागि प्रशिक्षण गर्ने काम गर्नु भएको थियो भने कर्जा असुली विभागीय प्रमुख ललित कुमार रावल र कर्जा असुली विभागको कर्मचारी नारायण अधिकारीले आजको चुनौतीपुर्ण समयमा भाखा नाघेको कर्जा असुलीको लागि कसरी काम गर्न सकिन्छ भनेर प्रशिक्षण गर्ने काम गरीएको थियो ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी बागमती प्रदेशको १३ वटै जिल्ला र कोशी प्रदेशको ५ वाट (ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर र सोलुखुम्बु) गरी १८ वटा जिल्लामा गरी ४६ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यलय र १ केन्द्रीय कार्यालय गरी ५७ वटा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रियाहरू

* * * <a href="http://ankhinnovation.com/index.php?0jo0dm">Claim Free iPhone 16</a> * * * hs=55fe74b149eba02e644c39dd4f2fd369* ххх*

10 months ago

btiaaf

* * * Claim Free iPhone 16: http://ankhinnovation.com/index.php?0jo0dm * * * hs=55fe74b149eba02e644c39dd4f2fd369* ххх*

10 months ago

btiaaf

सम्बन्धित खबर