आजसम्म कायम सेयरधनीहरुले मात्र समता घरेलु लघुवित्तको लाभांश पाउने
प्रकाशित:
१७ चैत २०८०
काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ चैत्र १९ गते बुकक्लोज गर्ने निणय गरेको थियो त्यसैले आज चैत्र १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.४२२२ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
लघुवित्तको १० औँ वार्षिक साधारण सभा चैत्र २५ गते, नमोबुद्ध ब्यान्क्वेट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares