१३-२-२०८१, आईतवार

गभर्नर साहेब ! पुँजी बजारको खलनायक रे ?

अर्थकागज
प्रकाशित: २०८१-१-२
Image description

आर्थिक बर्ष २०७९ ८० शेयरबजारका लागि निराशाजनक रहे । एकातिर शेयरबजार बढ्न सकेन भने नेप्से १८ सय अक र २२ सय अकमा कृष्णको चक्र जस्तै घुमिरहे । नियामक निकायहरुले शेयरबजारलाई उकास्न शेयरबजारको सुधारका लागि नीति नियम नै बनायो । नेपाल राष्ट्र बैकको गभर्नर महाप्रसाद अधिकारीलाई त केहिले त शेयरबजारका खलनायक समेत भने । गभर्नर महाप्रसाद अधिकारीले शेयरबजारका लगानीकर्ताहरुको बिश्वास जित्न सकेनन् । शेयरबजारका लगानीकर्ताहरुको लागि गभर्नर साहेब भिलेन नै बनिरहेका छन् । यदि नेपाल राष्ट्र बंैकले चाहेमा शेयरबजारलाई उकास्न सक्ने समेत बताइरहेका छन जानकारहरु । एकातिर शेयरबजारमा गिरावट, अर्कोतिर बाणिज्य बैकहरुबाट पनि लगानीकर्ताहरुले लाभाश पनि राम्रो पाउन सकेनन् । ८ वटा बाणिज्य बैकहरुले त शेयरधनीहरुलाई लाभाश नै दिएन । लाभाश नदिने बैकहरुमा कुमारी, हिमालयन, नेपाल इन्भेष्टमेण्ट मेगा बैक, एनएमबि बैक, प्रभु बैंक, प्राइम बैंक र कृषि विकास बैकले लाभाश मात्र नदिएका होइनन केहि बैंकहरुत नोक्सानिमा समेत रहेका छन् । केहि लाभाश नदिने बैकहरुमा बिग मर्जर गरेका बैकहरु छन् । कुमारी बैक र एनसिसि बैक, प्रभु बैक र सेन्चुरी बैक, नेपाल इन्भेष्टमेण्ट बैक र मेगा बैक र हिमालयन बैकले सिभिल बैकसँग बिग मर्जर गरेका बैकहरु हुन् ।
केहि बंैकहरुले शेयरधनीहरुलाई केहि प्रतिशत भएपनि लाभाश दिन सक्ने भए पनि दिएन अर्को बर्षको लागि भनेर सचितिमा राखे यसमा शेयरधनिहरुले असन्तुष्टि जनाएका थिए। शेयरधनीहरुको भनाइमा जुन आर्थिक बर्षको नाफा हो, त्यहि आर्थिक बर्षमा बितरण गर्नुपर्छ । यसबर्ष नदिने अर्कोबर्ष दिने भन्नु   बेइमानि हो । त्यसोत बाणिज्य बैंकहरु मात्र नभइ केहि विकास बैकहरु र केहि लघुबित्त बैंकहरुले पनि लाभाश दिएन कम्पनीहरुले दिने लाभाश र कम्पनीहरुको बित्तिय सुचांकहरुले पनि शेयरबजारमा असर गर्ने गर्दछ । यसले पनि शेयर मुल्यमा तल माथि गर्ने गरेका छन् । त्यसोत कतिपय जानकारहरुको भनाइमा बाणिज्य बैकहरले एक आपसमा बिग मर्जर गरेकोले पनि लाभांशमा असर गरेको बताउँछन बिग मर्जरमा गएको कारणले नै कुमारी बैक, प्रभु बैक, नेपाल इन्भेष्टमेण्ट मेगा बैक र हिमालयन बैकले लाभाश दिन नसकेको पनि भनाइ रहेका छन् । कतिपय बाण्ज्यि बैकहरुले देशमा मन्दिको कारणले आफुले लगानी गरेको लगानी उठाउन नसकेर नोक्सानीको व्यवस्था गर्न परेकोले यसबर्ष लाभाश दिन नसकेको बताउँछन् ।
त्यसोत शेयरबजारमा गिरावट आइरहेको समयमा कम्पनीहरुले दिने लाभाशले पनि शेयरधनीहरुलाई निराश बनायो । त्यसोत केहि बंैकले त अर्कोबर्ष पनि लाभाश दिन नसक्ने भनेर लाजै नमानि उद्घोष समेत गरे भने कतिपय कम्पनीहरुले अर्कोबर्ष पनि लाभाश दिन नसक्ने जस्तो पनि देखियो । तर, बैंकहरु र शेयरबजार सकारात्मक पनि हुन सक्छ । पछिल्लो समयमा शेयरबजारले गतिलिन नसकिरहेकोलाई बिभिन्न चर्चाहरु हुने गरेका छन् । कतिपयको भनाइमा नियामक निकाहरुको दोष बताइ रहेका छन भने कतिपयले सरकार र अर्थमन्त्रिलाइ दोष दिने गरेका छन् । कतिपयले नेपाल राष्ट्र बैकका गभर्नर साहेबलाइ दोष दिने गरिरहेका छन् । अधिकाश लगानीकर्ताहरु गभर्नर साहेबको पदावधि कहिले सकिन्छ भनेर दिन गन्ति गरिरहेका पनी नभएका होइनन् । कतिपयको भनाइमा भने शेयरबजार नेप्से उकालो लाग्न नसकेको कारण लगानीकर्ताहरुलाइ नै दोष दिने गरेका छन् । शेयरको मुल्य १० रुपियाँ नाफा भए पछि बेच्ने लगानीकर्ताहरुलाई दोष दिने गरेका छन् । त्यसोत पछिल्लो समयमा शेयरको मुल्य १० रुपियाँ बढेपछि बिक्री चाप बढेको देखिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर