तथ्यांकमा देशको आर्थिक अवस्था !

अर्थकागज
प्रकाशित: १४ असोज २०८०
Image description

काठमाडौं । दिल नाथ दंगलले सामाजिक सञ्जालमा देशको आर्थिक अवस्थाको बारेमा तथ्यांकमा आफ्नो विचार राखेका छन् ।

उनको स्टाटस जस्ताको तस्तै :

१.भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना(साउन)मा भन्सार राजस्व संकलन ३२ अर्ब ३३ करोड उठेमा दोस्रो महिना (भदौ)मा सुधार भई ६७ अर्ब ४७ करोड उठेको छ ।

२.गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात २.६ प्रतिशत र निर्यात ७.७९ प्रतिशतले घटेको छ । यो दुई महिनामा राज्यले कुल २ खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गरेकोमा २ खर्ब ३३ अर्ब ३० करोड बराबरको घाटा ब्यहोरेको छ ।

३.चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात हुँदा पेट्रोलियम पदार्थको आयात ३३ अर्ब ७२ करोड रुपैयाँको भएको छ ।

४.पर्यटन बोर्डले जनाए अनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

५.सरकारको आपत्कालीन खाद्य भण्डारमा ३३ हजार मेट्रिक टन खाद्यान्न अनिवार्य रूपमा मौज्दात राख्नुपर्ने प्रावधान भएपनि हाल सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग करीब १६ हजार मेट्रिक टन मात्रै खाद्यान्न मौज्दात रहेकोछ ।

६.सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाए अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो । उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बाह्य ऋण रहेको छ । जुन ऋण जीडीपीको ४३.५८ प्रतिशत हुन आउँछ ।

७.गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवको सोही अवधिमा २५.८ प्रतिशतले रेमिट्यान्स बढेर १ खर्ब १६ अर्ब रूपैयाँ देशमा भित्रिएको छ।

८. आर्थिक मन्दीका कारणले देशभरीका २० देखि ३० प्रतिशत ब्यापारी घरभाडा र बैंकको ब्याज तिर्न नसकेर पलायन भएको अवस्था (७७ जिल्लाको आफ्रनै स्थालगत भ्रमण रिपोर्ट) ।

९. दैनिक २५०० युवाहरु विदेश पलायन ।

१०. दशै र तिहारको मुखमा थामी नसक्नु मूल्यवृद्धि ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर