११-२-२०८१, शुक्रबार

नेपाल बैंकले घटायो कर्जाको बेसरेट

अर्थकागज
प्रकाशित: २०८०-१२-३०
Image description

नेपाल बैंक लिमिटेडले २०८१ साल वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ४.७५ देखि ७.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ८.२७ प्रतिशत रहेको छ गत महिना आधारदर ८.५७ प्रतिशत रहेको थियो । 

बैंककले प्रकाशन गरेको नयाँ ब्याजदरः