मोरङमा डिजे बजाउन प्रतिबन्ध

अर्थकागज
प्रकाशित: ११ साउन २०८३
Image description

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजे बजाउन वा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको हो ।

प्रशासनले जिल्लाको शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ ।

सूचनाको उल्लङ्घन गर्दै डिजेको प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । साथै, सबै जिल्लावासीलाई सूचनाको पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर