सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित:
१३ माघ २०८२
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ३ सयले बढेर तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर तोलाको ६८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ६७६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares