युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

प्रकाशित:
११ जेठ २०८१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
बैठकले १००ः१५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि थप प्रकृया अघि बढ्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्त पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares