उन्नति सहकार्य लघुवित्तको एफपीओ लगानीकर्ताको रोजाईमा, पहिलो दिन कति पर्यो आवेदन ?


काठमाडौं । आजदेखि निष्काशन भएको उन्नति सहकार्य लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) लगानीकर्ताको रोजाइमा पर्न सफल भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार मंगलबार ४ ः ४० बजेसम्म ६ हजार ९७७ जना आवेदकबाट ७९ हजार ४० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता अर्थात १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो ।
लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उन्नति सहकार्य लघुवित्तको लाभांश इतिहास यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्था केयर नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउने ‘केयर एनपी इस्यूअर रेटिङ बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
Shares