सर्वसाधारणले जेठ २७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमै हिमालयन पावर पार्टनरको सेयर पाउने

अर्थकागज
प्रकाशित: १९ जेठ २०८३
Image description

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारणका लागि अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा ल्याएको छ।

कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर बाँडफाँडपछि बाँकी रहेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलाममार्फत बिक्री गर्न लागेको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। लिलाममा व्यक्ति, संस्था तथा कम्पनी सबैले आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले निःशेष भाग जाने वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

लिलाम बिक्रीका लागि बोलपत्र जेठ २७ गतेदेखि खुल्नेछ भने इच्छुक लगानीकर्ताले असार ४ गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ।

बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालबाट प्राप्त गर्न सकिनेछ। साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, विराटनगर (हनुमानदास रोड), जनकपुर, वीरगञ्ज (आदर्शनगर), हेटौंडा, नारायणगढ, पोखरा (न्यूरोड), बुटवल (मिलनचोक), बाग्लुङ, नेपालगञ्ज (त्रिभुवनचोक), सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि फाराम प्राप्त तथा बुझाउन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर