४३ प्रतिशतले घट्यो कुथेली बुखरी स्मल हाइड्रोको नाफा
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।
समिक्षा अवधि सम्ममा कम्पनीले ८९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४३.२८ प्रतिशतले कम हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा कम्पनीले बिद्युत बिक्रिबाट ३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ३ करोड ३७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६७ पैसा रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३६.७२ गुणा रहेको छ। १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।
Shares