'गभर्नरको फोटो र गालीहरु फेसबुकमा पोस्ट गरेर लगानीकर्ता आतंकित पार्ने काम भयो, बन्द गरौं-केशव कोइराला (सेयर काका)
काठमाडौं । लगानीकर्ता एवम् सेयर बिश्लेषक केशव कोइरालाले सेयर बजार घटाउने अनेकौं अस्त्रहरु प्रयोग हुन थालेको बताएका छन् ।
सेयर काका कोइरालाले बजारमा हिजोआज लगानीकर्तालाई आतंकित बनाउने काम भैरहेको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सेयर काका कोइराला आफ्नो फेसबुकमा लेख्छन्-'पछिल्लो पटक बजार घटाउनको लागि जानेर नजानेर २४ घन्टा गभर्नरको फोटो र गालीहरु सामाजिक सन्जालमा पोस्ट गरेर आम लगानीकर्ताहरुलाइ आतंकित पार्ने काम हुदैछ । कृपया यो आतंकबन्द गर्नुस् । यसले लगानी कर्ताहरुलाइ थप प्यानिक बनायो ।'
बजारमा आतंक फैलाएर सेयर मूल्य घटाई सस्तोमा सेयर उठाउने दाउमा एउटा समूह लागेको सेयर काका कोइरालाको अनुमान छ ।
पछिल्लो समय सेयर बजार दिनप्रति दिन घट्दै गएपछि लगानीकर्ता प्यानिक भएका छन् । सेयर बजार घट्नुको धेरै कारण मध्ये मेजर कारण अहिलेको गभर्नर महाप्रसाद अधिकारी मुख्य कारण रहेको लगानीकर्ता बुझाइ छ ।
गभर्नरले लिएको गलत निर्णयको कारण सेयर घटेको लगानीकर्ताको आरोप छ । सेयर लोनमा राष्ट्र बैंकले लिएको ४ /१२ क्याप लगायतको निर्णयले सेयर बजारमा प्रत्यक्ष असर परेको लगानीकर्ताको भनाइ रहेको छ ।
Shares