बिद्युत बिक्रि आम्दानीसंगै बढ्यो भगवति हाइड्रोपावरको नाफा

अर्थकागज
प्रकाशित: २५ वैशाख २०८१
Image description

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार हाइड्रोपावरको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा हाइड्रोपावरले ६ करोड ३३ लाख ५९ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको तुलनामा १०.६७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ७२ लाख ४५ हजार रुपैयाँ कमाएको थियो । समिक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि आएसँगै खुद नाफा बढेको हो ।

यस अवधिमा हाइड्रोपावरले बिद्युत बिक्रिबाट १२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ५.१० प्रतिशतले बढि हो । गत बर्षको यसै अवधिमा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ११ करोड ९९ लाख रुपैयाँ मात्र आर्जन गरेको थियो ।

समिक्षा अवधिमा हाइड्रोपावरको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४१ पैसा रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर