पियोर इनर्जीको आईपीओमा १९ गुणा बढी आवेदन

अर्थकागज
प्रकाशित: ०२ वैशाख २०८२
Image description

काठमाडौं । पियोर इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग भन्दा १९.०२ गुणा बढी आवेदन परेको छ । सीडीएससीको तथ्यांक अनुसार मंगलबार साँझसम्म १९ लाख ३६ हजार ५३ जना आवेदकले २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा १९.०२ गुणा बढी हो ।

माग भन्दा धेरै आवेदन परे गोलाप्रथाबाट बाँडफाँट हुन्छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर