सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ३० भदौ २०८०
Image description

 काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ ३१ गते) अन्तिम दिन हो । कम्पनीले  भदौ ३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निश्कासन गरेको छ ।

कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निश्कासन गरेको छ ।

हकप्रद सेयर निश्कासनको प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो । जस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर निश्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर