आम अपेक्षा बिपरित चल्दैछ सेयर बजार ! किन यस्तो हुँदैछ ? अब गर्ने चाहिं के ?

अर्थकागज
प्रकाशित: १३ जेठ २०८२
Image description

गवर्नरको नियुक्तिसँगै गत आईतवार आएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सेयर बजारको लागी एउटा सरप्राईज गिफ्ट नै आयो । नीतिको समिक्षा मार्फत् लामो समय देखि अड्किएको एउटा हलो फुत्कियो । ५० लाख माथीको सेयर कर्जामा लगाईंदै आएको औसत भारलाई १२५% बाट झारेर १००% मै कायम गर्ने नीति समिक्षा मार्फत् आयो । जस अनुसार बैंक तथा बित्तिय संस्थाको च्यानलमा ढुसी परेर बसेको २५ अर्ब बराबरको रकम चलायमान हुने बाटो खुल्यो ।

लगत्तै मिडिया तथा सामाजिक संजालमा यो बिषयलाई लिएर भब्य स्वागत गरियो । चौतर्फी माहौल हेर्दा लाग्दथ्यो कि अब सोमवार त सेयर किन्नै पाईंदैन ! केहि मित्रहरु बिच त अब भोली मार्केट हल्ट भईहाल्छ घुम्न पो कता जाने हो भन्ने बिषयमा घनिभुत छलफल चल्दै थियो ।

आम अपेक्षा बिपरित हिजो सोमवार खुल्ने बित्तिकै लगातारको बृद्दि सँगै करिव ६५ अंकले बढेको बजार निकै उतार चढावको सामना गर्दै बन्द हुँदा करिव ५ अंकले घटेर बन्द भयो ।

आखिर किन बजारको चाल अपेक्षा बिपरित रह्यो ?

● बजारमा शर्ट टर्म र उधारो कारोबारको बिग्बिगी छ । उधारो र शर्ट टर्म कारोबार गर्नेहरु अल्पकालिन लगानीकर्ता हुन् । उनिहरुलाई दिर्धकालिन नीतिको कुनै परवाह हुँदैन । उनिहरुलाई नाफा बुक गर्नको लागी बस् एउटा ईभेन्ट चाहिन्छ । यो बिषयलाई पनि उनिहरुले एउटा ईभेन्ट कै रुपमा प्रयोग गरे ।

● यसै बिच बजारमा बजेट मार्फत् सरकारले सेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर बजेट मार्फत् बढाउँदै छ भनेर नयाँ हल्ला फैलियो । लगत्तै अघिल्लो दिनको उत्साह पानीको फोका झैं बिलिन भएर गयो । यसै बिच झोला भर्न छुटेकाहरुले यसमा होस्टेमा हैंसे गर्न पनि भ्याए ।

● परिसूचक पछाडि फर्के सँगै सुरुको १५ मिनेट मै भएको डेढ अर्बको कारोबारको उत्साह बिस्तारै मथ्थर हुँदै परिसूचक सँगै भोलुम सुस्ताउँदै गयो ।

अबको संभावनाहरु :

● अत्यन्तै संवेदनशिल सेयर बजारलाई चलाउँदा कस्तो असर पर्छ भनेर सरकार त्यसमा पनि बजारबाट बुल मन्त्रीको संज्ञा पाएका अर्थ मन्त्री बिष्णु पौडेल राम्रैसँग जानकार छन् । तसर्थ उनले बजारबाट केहि कुरा लिंदा त्यो भन्दा बढी दिनु पर्दछ नत्र भुईंको टिप्न खोज्दा खल्तीको पनि झर्छ भन्ने बिषयमा राम्रैसँग जानकार छन् ।

● बजारले पूँजी बजार प्रति सकारात्मक गवर्नर पाएको छ । अर्थविद् डा. बिश्व पौडेलबाट सेयर बजारका लगानीकर्ताले उनको कार्यकालमा गरेको अपेक्षा संभवत साकार नै हुने आशा गर्ने धेरै ठाउँहरु छन् ।

आफ्नो कार्यकालमा उनले त्यस्तो कुनै पहाड फुटाउनै पर्दैन । पूर्व गवर्नर महाप्रसाद अधिकारीले कसेका पेचहरुलाई केहि हदसम्म खुकुलो मात्र पारिदिए पुग्छ । उनले यत्ति गरिदिए लामो समय देखि अलमलिएको सेयर बजारले उनकै पालामा नयाँ उचाई चुम्ने आँकलन गर्न सकिन्छ ।

● यदि दिर्धकाल करलाई नचलाई अल्पकालिन लाभकारलाई १०% त के १५% नै पुर्‍याए पनि कुनै फरक पर्दैन । नाफामा तिर्ने कर, त्यो पनि ७२ घण्टे कारोबारीलाई खासै अन्याय नहोला । यसले त झन् अल्पकालिन कारोबारलाई केहि हदसम्म निरुत्साहित गर्दै दिर्धकालिन लगानीलाई प्रोत्साहन गर्ने देखिन्छ ।

बजेट भाषण आउन दुई दिन बाँकी छ । अब हामी चाहिं टकटक्याएर बस्ने कि झोली भर्ने ?

सेयर बजार भनेको बिश्वाश र भावना बिचको खेल हो । सत्य तथ्य मनन गर्दै अफवाहको पछि नलागौं । एकदमै डर लाग्छ भने मन शान्तिको लागी बजारबाट केहि समयको लागी बिदा हुँदा पनि भयो । हैन आँटले खाने हिम्मत लिन सकिन्छ भने नकारात्मक हल्लाको बिच यो अवधिमा सकेको झोला भरेर बस्ने ।

(नोट : कसैको पनि नितान्त ब्याक्तिगत बिचारलाई लिएर सेयर खरिद बिक्री सम्बन्धि निर्णय नगरौं । कुरा सबैको सुनौं निर्णय भने आफै गरौं ।) 

प्रतिक्रियाहरू

सम्बन्धित खबर