अरुण भ्यालिको लाभांश घोषणा, डाक्यो साधारणसभा

अर्थकागज
प्रकाशित: १८ असोज २०८१
Image description

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ। कम्पनीको असोज १७ गते बसेको संचालक समिती बैठकले लााभांश पारितको प्रस्ताव सहित सभा बोलाउने निर्णय गरेको छ ।

हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीको २७ औँ वार्षिक साधारण सभा कात्तिक १४ गते, बुधबार, होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

त्यस्तै सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ५ गते बुकक्लोज गर्ने भएको छ त्यसैले कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त योग्य हुनेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर