नेप्सेमा सिटिजन लाइफको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?


काडमाडौं । नेप्सेमा सिटिजन लाइफ इन्स्याोरेन्स लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीकोे ३ करोड ७५ लाख कित्ता साधारण सेयर सूचिकृत भएको हो । आज कम्पनी र नेप्सेबीच सेयर सूचिकरण सम्बन्धी सम्झौता भएको हो । कम्पनीको सेयर सिएलआर्ई सिम्बोलबाट सूचिकृत भएको छ ।
सर्वसाधारण लगानीकर्ता सेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी ) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक सेययरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।
कम्पनीे गत भदै १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणको लागि आईपीओ जारी गरी बाँडफाँड यो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरीे प्रतिकित्ता २४४ रुपैयाँको दरले आईपीओ जारी गरको थियो ।
नेप्सेले कम्पनीलाई पहिलो सेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ ।
Shares