धितोपत्र बोर्डबाट बलेफी हाइड्रोपावरले पायो १०० प्रतिशत हकप्रद निष्कासनको अनुमति
प्रकाशित:
०४ कात्तिक २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर कम्पनीलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको कार्तिक ४ गतेको बैठकले कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएबिएस क्यापिटल रहेको छ ।
१ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद निस्कासन गर्न अनुमति दिएको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares