नेपाल इन्स्योरेन्सको हकप्रद सेयर आजदेखि बिक्री खुला
प्रकाशित:
०६ साउन २०८२
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँबराबरको ३४.७८३ प्रतिशतले हुन आउने रकमबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ (अर्थात् १० कित्ताबराबर नयाँ ३.४७८३ कित्ता) अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको हो ।
हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । सेयरधनीले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares