तेह्रथुम पावरको नाफामा उछाल

अर्थकागज
प्रकाशित: २१ माघ २०८०
Image description

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७५.७० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी पनि ८.८५ प्रतिशतले बढेर ९ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ११.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२.४९ प्रतिशत बढेको छ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपिएस) बढेर ३ रुपैयाँ २३ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ६५.२५ रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर