सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

अर्थकागज
प्रकाशित: १९ चैत २०८२
Image description

काठमाडौं । सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा अर्यालको मात्र उम्मेदवार दर्ता भएको संसद सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा डा. स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।

अब आइतबारको प्रतिनिधि सभाको बैठकमा अर्यालको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएर औपचारिक रुपमा निर्वाचित भएको प्रक्रिया पुरा गरिने भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर