डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

अर्थकागज
प्रकाशित: १७ पुस २०८१
Image description

बिहीबार पनि नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस अघि हिजो अर्थात बुधबार पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा र खरिददर १३६ रुपैयाँ ७४ पैसा रहेको छ। यो डलरको हालसम्मको उच्च मूल्य हो। यस अघि हिजो डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। हिजो डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको र खरिददर १३६ रुपैयाँ ६९ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य ५ पैसा बढेको हो।

त्यस्तै, यस दिन युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर