रियल बेटिसमाथि बार्सिलोनाको शानदार जित

अर्थकागज
प्रकाशित: २१ मंसिर २०८२
Image description

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रुनी बार्डघाजी र लामीन यमलले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एन्थोनी, डिएगो लियोरेन्ट र कुचो हर्नान्डेजले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको १६ खेलमा ४० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यस्तै रियल बेटिसको १५ खेलमा २४ अंक रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर