आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित:
२४ कात्तिक २०८२
काठमाडौं । आरएसडिसी लघुवित्तको आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले लाभांश प्राप्त गर्ने र साधारणसभामा सहभागी हुन पाउने भएका छन् । आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले आजसम्म कारोबार गर्नेहरूले लाभांश पाउने भएका हुन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंगलबार अर्थात भोलि बुकक्लोज गर्न लागेको छ । लघुवित्तले मंसिर १२ गते शुक्रबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।सभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares