एनआईसी एशिया बैंकको ५ लाख बढि कित्ता सेयर बिक्रि गर्दै संस्थापक सेयरधनी
एनआईसी एशिया बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले ५ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज बुधबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरिएको छ।
बैंकका बिभिन्न सेयरधनीहरुले ५ लाख १३ हजार ३२५ कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् । बैंकको उक्त सेयरको न्यूनतम मूल्य २०८ रुपैयाँ प्रतिकित्ता तोकिएको छ त्यसैले इच्छुक आवेदकले २०८ रुपैयाँ वा सो भन्दा भढि मूल्यमा आवेदन दिन सक्नेछन् ।
संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले फागुन २७ गतेभित्र भित्र बैंकको बिक्रि प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।
Shares