गरिमा विकास बैंकको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०४ पुस २०८१
Image description

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ। बैंकले ५ प्रतिशतले हुन आउने २८ करोड ४० लाख २५ हजार ८ सय ६६ रुपैयाँ ३८ पैसा बराबरको नगद लाभांश वितरण अग्रने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर