एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
प्रकाशित:
२० भदौ २०८१
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आज अर्थात शुक्रबार १ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई आकर्षक लाभांश घोषण गरेको हो ।
बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरि १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares