नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिईओ ज्योति प्रकाश पाण्डेको तलव/भत्ता ३ करोड ६ लाख, ३ जना सुरक्षा गार्डको व्यवस्था !

अर्थकागज
प्रकाशित: ०८ फागुन २०८१
Image description

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई तलव/भत्ता बापत ३ करोड ६ लाख ३३ हजार ७९७ रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि बैंकले सिईओलाई उक्त रकम बराबरको तलव भत्ता भुक्तानी गरेको हो ।

बैंकको सिईओमा पृथ्वी बहादुर पाँडेको भाई ज्योति प्रकाश पाण्डे रहेका छन् । सिइओ ज्योति प्रकाश पाण्डेले तलव १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ, दशैं भत्ता २२ लाख ३२ हजार ७८४ रुपैयाँ र संचय कोष १६ लाख ७ हजार ६९५ रुपैयाँ बैंकबाट बुझेका छन् ।

बैंकले सेयरधनीलाई लाभांश दिन नसक्ने सिईओ ज्योति प्रकाश पाण्डेले तलव भत्ता र अन्य सेवा सुविधा बढाउँदै लगेपछि सेयरधनीहरु रुष्ट भएका छ । आउने बार्षिक साधारणसभा चर्काे विरोध गर्ने सेयरधनी स्याम नारायण श्रेष्ठले अर्थ कागजलाई बताए । गत आर्थिक वर्षको बार्षिक साधारणसभा पनि सेयरधनीले चर्काे विरोध गरेपछि विहान १०ः३० बजेदेखि सुरु भएको बार्षिक साधारणसभा बेलुका ५ बजे सकिएको थियो । बैंकले सिईओ ज्योति प्रकाश पाण्डेलाई ३ जना सुरक्षा गार्ड समेत दिएका छन् । गत वर्षको ३७ औं बार्षिक साधारणसभा बलियो सुरक्षा गार्डसहित बार्षिक साधारण संचालक गरेको यस बैंकले सभाहलमा सेयरधनीको चर्काे विरोध गरेपछि सुरक्षा गार्डलाई बाहिर निकालिएको थियो । 


प्रतिक्रियाहरू

Durga lal shrestha

1 month ago

Yearly bonus Nadiyako 2 years vayo coming years ma 50% Bonus dinay hola

Hari chhetri

1 month ago

Ek jana lai yetro kharcha garna hàmilai 2 barsa vayo bốnós ke na dina yesto ceo chai daina yesla kati nai ramro garako xa ra mero Purna Birod xa

Ramesh oli

1 month ago

यो राम्रो भयन

IPL

1 month ago

यो त अती भयो । लगानी कर्ता मारमा । संचालक , कर्मचारी तरमा ।

रबिन

1 month ago

राणा शासन जतिकै छ यो बैङ्क ! शोषण को पराकाष्टा

Bhuvan

1 month ago

You can also watch this video to learn more about CEO salaries in Nepal: https://www.youtube.com/watch?v=x5K1WoVlPBQ&t=326

krishna

1 month ago

लुट्न सके लुट कान्छा गित समयसापेक्ष छ त

Ramesh Kumar Sharma

1 month ago

शेयर लाभान्स कर्म चारि र सन्चालक समिति को तलब भत्ता मा गयो , अब माग्न का जान्छौ ?

Rabindra Regmi

1 month ago

लुट्न सके लुट कान्छा गित समयसापेक्ष छ त!

Rabindra Regmi

1 month ago

लुट्न सके लुट कान्छा गित समयसापेक्ष छ त!

Rabindra Regmi

1 month ago

लुट्न सके लुट कान्छा गित समयसापेक्ष छ त!

Rabindra Regmi

1 month ago

लुट्न सके लुट कान्छा गित समयसापेक्ष छ त!

Rabindra Regmi

1 month ago

लुट्न सके लुट कान्छा गित समयसापेक्ष छ त!

Rabindra Regmi

1 month ago

लुट्न सके लुट कान्छा गित समयसापेक्ष छ त!

सम्बन्धित खबर