अपर तामाकोशीको हकप्रद सेयर बिकेन !

अर्थकागज
प्रकाशित: ०४ असोज २०८०
Image description

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले निश्कासन गरेको हकप्रद सेयर बिकेको छैन । पहिलो चरणको आवेदन दिने समयमा नबिकेपछि कम्पनीले हकप्रदमा आवेदन दिने समय थप गरेको छ ।

अब असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । यस कम्पनीले भदौ १८ गतेदेखि १००% हकप्रद सेयर बिक्री खुला गरेको हो ।कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । सिडिएसको अनुसार शुक्रबार विहानसम्म २ लाख ३४ हजार ९५ जनाल आवेदकबाट २ करोड २३ लाख ८० हजार ५६८ कित्ता सेयरको लागि आवेदन परेको छ ।

कहाँबाट आवेदन दिने ?

हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर