अपि पावरको नाफामा १४ हजार ४४४ प्रतिशतको छलाङ्ग

अर्थकागज
प्रकाशित: २६ माघ २०८१
Image description

काठमाडौं । अपि पावर कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो खुद नाफामा १४ हजार ४४४ प्रतिशत बढी हो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल नाफा ७१ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्म कम्पनीले ५३ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ५५ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर १०.२६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको छ ।

कम्पनीको वित्तीय विवरण

प्रतिक्रियाहरू

सम्बन्धित खबर