मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मंगलबार बाँडफाँट

अर्थकागज
प्रकाशित: १७ मंसिर २०८०
Image description

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले जारी गरेको आईपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबिएस क्यापिटलका अनुसार मंगलबार (मंसिर १९ गते) आईपीओ बाँडफाँडको कार्यक्रम तय भएको छ ।

कम्पनीले जारी गरेको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले कुल १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १४ हजार ८०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ८ हजार १५४ जनाको भने हात खाली हुनेछ । मागभन्दा १२.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर