सुन एकैदिन तोलाको ८ हजार ३०० रुपैयाँले घट्यो
प्रकाशित:
१५ कात्तिक २०८३
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३८२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares