कुमारी बैंकको ४५ लाख बढि कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

अर्थकागज
प्रकाशित: २८ जेठ २०८१
Image description

कुमारी बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ४५ लाख बढि कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्रि गर्ने भएका छन् । आज मंगलबार एक सूचना जारी गर्दै इच्छुक जो कोहि योग्य आवेदकहरुलाई आवेदन दिन आग्रह गरिएको छ।

संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका थिए । यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले असार ३ गते भित्र कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आईपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

बैंकको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ त्यसैले इच्छुक आवदेकले न्यूनतम १०० रुपैयाँ सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १ लाख कित्ता देखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर