एनआरएन ईन्फ्रास्टक्चरको नाफामा ३८७ प्रतिशतको उछाल, अन्य अवस्था कस्तो ?
प्रकाशित:
२८ कात्तिक २०८१
काठमाडौं । एनआरएन ईन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ ।
असोज मसान्तसम्ममा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८७.८३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ६ करोड २१ लाख कुल आम्दानी गर्दा ४७ लाख ६१ हजार खर्च गरेको छ ।
१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन अर्निङमा १५ करोड ९५ लाख रुपैयाँ संचित छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर ३ रुपैयाँ ५४ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.४९ रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares