अभियान लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: २९ असार २०८२
Image description

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ बार्षिक साधारणसभा आज पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको छ । संस्थाको संचालक समितिको अध्यक्ष बाबुराम थापको अध्यक्षतामा सम्पन्न सभाले कम्पनीले साधारणसभामा अन्य उपयुक्त लघुवित्त संस्थासँग गाभिने (मर्जर) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार दिने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले मर्जरका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने अवस्था आएमा त्यससमेत गर्न पाइनेगरी प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले वित्तीय वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू पारित गर्नुको साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर